दिर्घराज ओझा / पुनर्बास, कञ्चनपुर –
पुनर्बास नगरपालिका–११ मा अक्सिजन संकलन तथा व्यवस्थापन समितिले शव चिस्यान (मोर्ट्युरी फ्रीजर) हस्तान्तरण गरेको छ। यस कार्यले स्थानीय समुदायलाई सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।
समितिले शनिबार वडा कार्यालयको भवनमा एक समारोहका बीच शव चिस्यान व्यवस्थापनका लागि स्थानीय प्रशासनलाई हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तोया प्रसाद शर्माले शव व्यवस्थापनमा यस्तो पहल आवश्यक रहेको बताउँदै समितिलाई धन्यवाद ज्ञापन गरे ।
समितिका अध्यक्ष पुर्ण बहादुर तमाङले समुदायलाई अत्यावश्यक समयमा सहायता पुर्याउने उद्देश्यले यो उपकरण हस्तान्तरण गरिएको बताए । उनले भने, "शव व्यवस्थापनमा देखिएको समस्यालाई कम गर्न यो हाम्रो तर्फबाट गरिएको सानो प्रयास हो ।"
उपस्थितिले समितिको यस कार्यको सराहना गरेका छन् । यो सेवा विशेष गरी आर्थिक अवस्था कमजोर भएका परिवारहरूका लागि ठूलो राहत बन्नेछ ।"
संस्थापक अध्यक्ष भुपेन्द्र अधिकारी ले समितिले यसअघि पनि विभिन्न सामाजिक सेवाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको र यश समिती लाई यहाँ सम्म पुर्याउनु हुने सम्पुर्ण सहयोग दाता र यस समिती का रचनाकार एबम खटिने मन हरुलाइ समेत सम्झनु भएको छ । पुनर्बास क्षेत्रमा थप सामाजिक सेवाका कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको समितिले जनाएको छ ।