बागेश्वरी उपभोक्ता समितिको अध्यक्षमा बडु चयन

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २० माघ २०८१ (९ घण्टा अघि)
  • ८७

बेलडाँडी, कञ्चनपुर -

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गतको बागेश्वरी उपभोक्ता समितिको अध्यक्षमा मोहन प्रसाद बडु सर्वसम्मत चयन भएका छन् ।

शनिबार बेलडाँडी रेञ्जर पोष्टमा सम्पन्न सभाले बडुलाई चयन गरेको हाे ।

यस अघि, पुर्व अध्यक्ष शिवराज अधिकारी बसाई सरेर सुर्खेत गएपछि, उपाध्यक्ष मोहन प्रसाद बडुले कार्यवाहकको जिम्मेवारी सम्हालेका थिए ।

समितिको पुनर्गठन पछि बडुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको बेलडाँडी रेञ्जर पोष्टका रेञ्जर बिक्रम चौधरीले बताए ।

उनका अनुसार उपाध्यक्षमा रत्ना भण्डारी, सचिवः देबकी बुढा, कोषाध्यक्षः फुल देबी राना चयन भएका छन् ।

भने सदस्यहरूमा लक्ष्मी दत्त जोशी, अम्भा सिंह साउद, मान बहादुर रोकाया, रामलाल चौधरी, भवन प्रसाद डगौरा, कबिता बुढा, हरि प्रसाद शर्मा, गगन बहादुर बुढा र पतिराम चौधरी चयन भएका हुन् ।

नव चयन भएका अध्यक्ष मोहन प्रसाद बडुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संरक्षणका पक्षमा आफू कटिबद्ध रहेको बताए ।

उनले भने, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जैविक विविधता र पारिस्थितिकी तन्त्रलाई बचाउनका लागि हामी सबैले मिलेर काम गर्नुपर्छ ।, 

यस क्षेत्रको संरक्षणमा यो समितिले महत्वपूर्ण भूमिका निभाउनेछ ।” उनले यस क्षेत्रमा रहेको वन्यजन्तु र वनस्पतिका संरक्षणका लागि विभिन्न पहल सुरु गर्ने योजना समेत राखेकाे जनाए ।

समितिको गठनसँगै स्थानिय समुदायको पनि ठूलो सहयोग रहने विश्वास गरिएको छ । समुदायको सक्रिय सहभागिता बिना, संरक्षणका प्रयासहरू सफल हुनु गाह्रो हुन्छ । 

अध्यक्ष बडुले भने, “समुदायलाई हामीले संरक्षणका महत्त्वका बारेमा सचेत पार्नेछौं र प्रत्येक व्यक्तिलाई यस अभियानमा सहभागी गराउने प्रयास हुनेछ ।”

समितिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संरक्षण र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने र थप सुधार ल्याउने विश्वास गरिएको छ ।,

अन्तिम अध्यावधिक: २० माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस