पप्पु गुरुङ / दोधारा, कञ्चनपुर -
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ८ सीमा क्षेत्रमा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेपछि स्थानीय खबरदारी उत्रिएका छन् ।
शनिवार साँझा भारतीय सुरक्षाकर्मीहरुले धामीटोल नजिक नेपाली भूमि अतिक्रमण गरि सिमाङ्कन गरेपछि त्यहाँका स्थानीय खबरदारीमा उत्रिएका हुन् ।
आइतबार बिहान दाेधारा चाँदनी बासीले विरोध जनाउदै भारतीय पक्षले सिमाङकन गरेको भू-भाग समेत भत्काई दिएका छन् ।
भारतीयले दोधारा चाँदनी नगरपालिका सीमा स्तम्भ नम्बर ७९६/७९७ को झण्डै ३ सय मिटर वरपरकाे नेपाली भूमि सिमाङ्कन गरी अतिक्रमणकाे प्रयास गरेको स्थानीयले बताएका छन् ।
उक्त भूमिमा २०२२ साल देखि नेपालीहरुले खेती गर्दै आएका थिए ।