सिमेन्टको मूल्य तत्काल घटाउनु पर्छ : सांसद सार्की

होमपेज / अर्थ / उद्योग / पूर्वाधार / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • २० माघ २०८१ (३ महिना अघि)
  • २०६

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले सिमेन्टको मूल्य तत्काल घटाउन सरकारसँग माग गर्नुभएको छ ।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले सिमेन्टमा अत्यधिक मूल्यवृद्धि हुँदा निर्माण कार्यमा समस्या आइरहेको बताउनुभयो । चार महिना अघि ४ सयमा पाइने सिमेन्ट अहिले ८ सयभन्दा पनि बढी रहेको बताउनुभयो । उहाँले सिमेन्टमा कार्टेलिङ र सिण्डिकेट भएको बताउनुभयो । 

सिमेन्टमा भएको मूल्यवृद्धिका कारण नेपाली उपभोक्ताले चर्को मूल्य हाल्नुपर्ने परिस्थिति रहेको गुनासो गर्नुभयो । यसले निर्माण कार्यमा लागत मूल्य बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, "सिमेन्टमा असाध्यै चर्को मूल्यवृद्धि भएको छ । सिमेन्टमा भएको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा भन्दा पनि नेपाली उपभोक्ताले चर्को मूल्य हाल्नुपर्ने जुन स्थिति छ, यसले निर्माण कार्यमा लागत मूल्य बढिरहेको छ । एकातिर राज्यले पुँजीगत खर्च बढाउन सकिरहेको छैन ।

अर्कोतिर भएका विकास निर्माणका काममा पनि यस खालको मूल्यवृद्धिले लागत मूल्य बढ्ने र राज्यलाई बढी व्ययभार बढ्ने स्थिति भएको कारणले सरकारले छिटो भन्दा छिटो यसको समाधान गर्नुपर्छ । सार्वजनिक लेखा समितिले पनि छलफल गरेर सरकारलाई निर्देशन दिएको छ । त्यसको कार्यान्वयन गरी सिमेन्टको मूल्य घटाउन सरकारको तर्फबाट पहल होस् ।"

सांसद सार्कीले मूल्यवृद्धिले लागत मूल्य बढ्ने र राज्यलाई बढी व्ययभार बढ्ने स्थिति रहेको समेत बताउनुभयो । 

अन्तिम अध्यावधिक: २० माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस