ट्याक्टरबाट खसेर ५८ वर्षीया महिलाको मृ*त्यु

होमपेज / दुर्घटना / मुख्य समाचार / समाचार / समाज /
  • रेडियो सुदूर सञ्चार
  • २५ माघ २०८१ (२ महिना अघि)
  • ५६३

कैलाली -

कैलालीमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका-५ सिम्राना बस्ने ५८ वर्षीया रामपति थरुनीको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ०१–००२ त ५२३२ नम्बरको ट्याक्टरबाट खसेर उनी घाइते भएकी थिइन् । घाइते थरुनीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । 

कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले ट्याक्टर र चालक तेजबहादुर मौनीलाई नियन्त्रणमा लिएको जानकारी दिए । 

अन्तिम अध्यावधिक: २५ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस