कैलाली -
कैलालीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको छ । जोशीपुर गाउँपालिका-५ वनकट्टामा सुदूरपश्चिम प्रदेश ०१०२००१ त १५१८ नम्बरको जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाईतेहरुको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर र चालक बर्दगोरिया-२ बस्ने ३९ वर्षीय दिपक बमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।