भीरबाट खसेर प्रधानाध्यापकको मृ*त्यु

होमपेज / घटना / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २६ माघ २०८१ (२ महिना अघि)
  • ७८५

दार्चुला -

दार्चुलामा भीरबाट खसेर एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । शुक्रबार  दिउँसो चार बजेको समयमा अपिहिमाल गाउँपालिका–६ मा भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक ३५ वर्षीय दलवीर महराको भिरबाट लडेर मृत्यु भएको हो ।

भवनी आधारभुत विद्यालयमा उनी विगत ८ वर्षदेखी काम गर्दै आएका थिए । त्यहाँ उनी डेरामा बस्दै आएका थिए ।  उनको घर भने दार्चुलाकै मार्मा गाउँपालिका–२ हो । शुक्रबार दिउँसो विद्यालयबाट डेरा पुगेर बिहेको निम्तो आएपछि त्यहाँ जानेक्रममा उनी भीरबाट खसेका थिए । 

अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेका अनुसार भिरबाट करिब ५० मिटर तल खसेका कारण महराको घटनास्थलमै मृत्यु भएको हो ।  ‘यतातिर धेरै भिरालो अप्ठ्यारो बाटो छ, भीरबाटै खसेर यहाँ धेरैले ज्यान गुमाएका छन्, उहाँको पनि घटनास्थलमै मृत्यु भयो,’ उनले भने ।

अन्तिम अध्यावधिक: २६ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस