सीआईडी भन्दै ठगी गर्ने दुई जना पक्राउ

होमपेज / मुख्य समाचार / समाचार / समाज /
  • रेडियो सुदूर सञ्चार
  • २८ माघ २०८१ (२ महिना अघि)
  • ४२९

कपिलवस्तुमा आफूलाई प्रहरीको सीआईडी भन्दै ठगी गर्ने दुई व्यक्ति पक्राउ परेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका-२ का ३२ वर्षीय ऋषिराम घिमिरे र कप्टैयाका जीवन थापा पक्राउ परेका हुन् ।

उनीहरू आफूहरू इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको सीआईडी भएको बताउँदै एक स्थानीयको घर खानतलासी गर्नुपर्छ भनी १७ हजार रूपैयाँ असुलेर फरार भएका थिए । कपिलवस्तु प्रहरी टोलीले वाणगंगा नगरपालिका-२ राजपुरस्थित खेलमैदानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । हिरासतमा रहेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अध्यावधिक: २८ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस