कञ्चनपुर : मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृ*त्यु

होमपेज / दुर्घटना / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २९ माघ २०८१ (२ महिना अघि)
  • २०१

कञ्चनपुर -

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका १२ स्थित भाइरल रोडमा सोमबार साँझ पौने ८ बजे तिर मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सु.प.प्र ०१०१२प९२४९ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर विद्युत पोल संग ठोक्किदा भीमदत्त नगरपालिका १३का २१ वर्षीय कैलाश सिंह साँउद र २२ वर्षीय गणेश बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीले बताए ।

ओभर स्पीडका कारण मोटरसाइकल दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

अन्तिम अध्यावधिक: २९ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस