बेलाैरी, कञ्चनपुर -
कञ्चनपुरको बेलाैरीमा सीमा क्षेत्रका समस्या, सुशासन र वित्तीय अनुशासन विषयक एकदिने खुला सम्वाद कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार सुदूरपश्चिम प्रदेश नीति तथा अनुसन्धान प्रतिष्ठानको सहकार्य र अनुभवी सञ्चार गृह धनगढीकाे आयोजनामा सीमा क्षेत्रका समस्या, सुशासन र वित्तीय अनुशासनमा असर बारे सरोकारवालाहरुसंग खुला सम्वाद कार्यक्रम सम्पन्न भएको हाे ।
उक्त कार्यक्रममा कञ्चनपुरका स्थानीय एवम् सरोकारवालाहरुले सीमा समस्या र मातृभूमि सुरक्षाका सवालमा जोडदिएका छन्।
जिल्लाको पुनर्वास नगरपालिका ११ डोकेबजारदेखि भीमदत्त नगरपालिका ९ ब्रम्हदेबसम्म भारतीय पक्षबाट ठाँउ-ठाँउमा भईरहेको सीमा अतिक्रमण, हस्तक्षेप रोक्नुपर्ने कुरामा स्थानीयले जोडदिएका हुन् । उनीहरुले सीमा सुरक्षाका लागि तीन तहका सरकार जिम्मेवार बन्नुपर्ने जिकिर गरे ।,
कार्यक्रममा सहभागी स्थानीय एवम् सराेकारवालाहरुले गठबन्धन नेतृत्वको सरकार भएपनि क्षेत्रमा सीमा अतिक्रमण रोक्न नसकिएकोमा चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका संयोजक समेत रहेका पल्लबराज भट्टले ‘सीमा क्षेत्रका समस्या, सुशासन र वित्तिय अनुशासनमा यसको असर’ विषयक कार्यपत्र प्रंस्तुत गर्दै सुदूरको कैलाली, कञ्चनपुरदेखि दार्चुलासम्मै भारतीय पक्षबाट सीमा अतिक्रमण भएको दावी गरे ।,
उनलेे स्ट्रीप नक्साकै कारण भारतीय पक्षबाट सीमा अतिक्रमण भईरहेको बताएका छन् । सीमा अतिक्रमण रोक्नका लागि तीनै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्दै जानुपर्ने कुरा उनलेे जाेडदिएका छन् ।
बेलडाँडी गाँउपालिका ३ का वडाध्यक्ष समेत रहेका सीमावर्ती स्थानीय दुर्गा प्रशाद चौधरीले भारतीय पक्षबाट बेलडाँडीमा समेत दर्तावाला जमिनमै पिलर गाडेर हटाउन दवाव दिईरहेको दुखेसो पोख्दै यसमा सरकारले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अथिति सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टले आफूले सीमा अतिक्रमण रोक्न व्यक्तिगतदेखि संस्थागत पहल गरिरहेको बताए । उनले सहभागीहरुकाे चासाे गुनासो एवम् साझा सवाललाई समेत सम्बाेधन गरेका थिए ।
भने अर्कोतर्फ सीमावर्ती क्षेत्रका स्थानीय तहका प्रमुख बेलौरीका मेयर पोतीलाल चौधरी, पुनर्वासका प्रमुख तोयप्रशाद शर्मा र दोधाराचाँदनीका प्रमुख किशोर कुमार लिम्बुले बषौँदेखि कञ्चनपुरको सीमा समस्या समाधान गर्न आफूहरूले पटकपटक सक्दो पहल गरिरहेको बताउदै संघीय सरकारले उक्त विषयमा भारतसंग कुटनैतिक प्रयास गर्नुपर्ने बताए ।
मेयरत्रय शर्मा, चौधरी र लिम्बुले आफुहरु आ–आफ्नो तहबाट खुला सीमाले वित्तीय क्षेत्रमा पारेकाे असर र सुशासनका लागि समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेएको बताए ।
अनुभवी सञ्चार गृहका वरिष्ठ पत्रकार हरि जोशीले संचालन गर्नु भएको कार्यक्रममा स्थानीय समाजसेवी बुद्धिजीवी जनप्रतिनिधी एवम् सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।