कञ्चनपुर -
कञ्चनपुरबाट ८ किलो ९२६ ग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । मङ्गलबार जिल्लाको भीमदत्त नगरपालिका-९ ब्रह्मदेवबाट बझाङको पाथिभारा गाउँपालिका-२ बस्ने महेन्द्रबहादुर रोकाया र अमरबशादुर रोकाया चरेससहित पक्राउ परेका हुन् ।
पक्राउ परेका महेन्द्रको साथबाट ४ किलो ३३९ ग्राम र अमरको साथबाट ४ किलो ५८७ ग्राम गरी ८ किलो ९२६ ग्राम लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।