पुनर्वास : प्रजातन्त्र दिवसकाे अवसरमा रक्तदान   

होमपेज / विविध / समाचार / स्वास्थ्य/शिक्षा /
कर्मचारी उत्साहित
  • रेडियो सुदूर सञ्चार
  • ६ फागुन २०८१ (२ महिना अघि)
  • १८१

किशोर तामाङ / पुनर्वास, कञ्चनपुर - 

कञ्चनपुरको पुनर्वास नगरपालिकामा कर्मचारी युनियनले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। 

बुधबार प्रजातन्त्र दिवसकाे अवसरमा युनियनले वृहत् रक्तदान कार्यक्रमकाे आयोजना गरेको हाे ।

"रक्तदान जीवनदान महादान" भन्ने मुल नाराका साथ उक्त कार्यक्रमकाे आयाेजना गरिएको कर्मचारी युनियनले जनाएको छ । 

पुनर्वास नगरपालिकाको सभाहलमा आयोजना हुने गइरहेको कार्यक्रमलाई सफल पार्न कर्मचारी युनियन नगर संयोजक कृष्ण भट्टले अपिल गरेका छन् ।

संयोजक भट्टलेे फाल्गुन ७ गते बृहत रक्तदान कार्यक्रमलाई सफल बनाउनका लागि सम्पूर्ण कर्मचारी, व्यवसायी समाजसेवी बुद्धिजीवी लगायत स्थानीयसबैलाई रक्तदान गरी सहयोग गर्न समेत अनुरोध गरेका हुन् ।

उनले, देशैभर रगतको अभावका कारण कैयौँ मानिस छटपटाईरहेको र धेरैकाे ज्यानै समेत जाने गरेकाले एक पोका रगतले कसैको जीवन बच्ने बताए । 

तसर्थ रक्तदान गर्दा शरिर कमजोर हुन्छ भन्ने भ्रममा नलाग्न आग्रह गर्दै संयोजक भट्टले रक्त दान जस्तो पुण्य काम अरु कुनै नभएकाे जिकिर गरे ।,

पुनर्वासमा कर्मचारी युनियनको आयोजनामा पहिलो पटक रक्तदान कार्यक्रम हुने भएपछि कर्मचारी निकै उत्साहित भएका छन् ।

अन्तिम अध्यावधिक: ६ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस