भिरबाट लडेर प्रहरी हवल्दारको मृ*त्यु

होमपेज / घटना / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ८ फागुन २०८१ (२ महिना अघि)
  • १२०

बैतडी -

बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका-३ को सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्रबहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार हवल्दार खडायतको दार्चुलाको शैल्यशिखर नगरपालिका-१ वारिल घर हो ।

बुधवार बेलुकी घरबाट कार्यालय गइरहेका बेला वारिल भिरबाट लडेर हवल्दार खडायत गम्भीर घाइते भएका थिए,’ प्रहरी निरीक्षक पाण्डेले भने, ‘तत्काल उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो । अस्पताल पुग्नासाथ डाक्टरले मृत घोषणा गरेका हुन् ।’ घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताए । 

अन्तिम अध्यावधिक: ८ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस