पुनर्वासमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजना गम्भीर घाइते

होमपेज / दुर्घटना / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ११ फागुन २०८१ (२ महिना अघि)
  • १४७

कञ्चनपुर -

कञ्चनपुरमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको पुनर्वास नगरपालिका-३ रामबस्तिमा आईतबार बिहान स्कुल बसले मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाँउका ४४ वर्षीय रमेश तामाङ घाइते भएका हुन् ।

धनगढी उपमहानगरपालिकामा रहेको त्रिस्टल बोर्डिङ स्कुलको सुपप्र ०१-००१ प. २१३३ नम्बरको बसको ठक्करबाट से.२ प. ६३०९ नम्बरको मोटरसाईकलमा सवार तामाङ गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक महेश विक्रम शाहीले जानकारी दिए । दुर्घटनापछि बस चालक घटना स्थलमै बस छोडेर भागेको स्थानियले बताएका छन् ।

 घाइते तामाङको माया मेट्रो हस्पिटलमा उपचार भईरहेको र अवस्था गम्भिर रहेको जनाइएको छ । बसलाई घटना स्थलबाट नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा राखिएको छ भने बसका चालक प्रेमसिँह राना पनि प्रहरीको सम्पर्कमा आईसकेको ईलाका प्रहरी कार्यालय प्रमुख शाहीले जानकारी दिए ।

अन्तिम अध्यावधिक: ११ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस