पुनर्वास : जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

होमपेज / अपराध / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ११ फागुन २०८१ (२ महिना अघि)
  • २७८

पुनर्वास, कञ्चनपुर -

कञ्चनपुरबाट जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।  जिल्लाको पुनर्वास नगरपालिका–१ महेन्द्रबस्ती बस्ने ४१ वर्षीय मान सिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरकोे फैसलाले धामीलाई जवरजस्ती करणी मुद्दामा ६ बर्ष कैद सजाय तोकेको थियो । तर उनी फरार रहेका थिए । फरार धामीलाइ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो ।

अन्तिम अध्यावधिक: ११ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस