स्कुल बसको ठक्करबाट घाइते भएका तामाङलाई काठमाडौं रिफर

होमपेज / दुर्घटना / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १२ फागुन २०८१ (२ महिना अघि)
  • ९०९

किशोर कुमार तामाङ / कञ्चनपुर -

कञ्चनपुरमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिदा गम्भीर घाइते भएका तामाङलाई धनगढीमा उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको छ ।

जिल्लाको पुनर्वास नगरपालिका-३ रामबस्तिमा विद्यार्थी लिन गइरहेको स्कुल बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार सोही ठाँउका ४४ वर्षीय रमेश तामाङ घाइते भएका  थिए ।

घाइते तामाङलाई तत्काल उपचारका लागि पुनर्वास पोलिक्लिनिक आई बि आर डीमा स्थानियहरुले पुर्याए पनि उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको थियो । घाईतेको धनगढी स्थित माया मेट्रो हस्पिटलमा पनि उपचार सम्भव नदेखिएपछि काठमाडौं रिफर गरिएको छ ।

स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएका तामाङलाई  चार जना बिशेषज्ञ डाक्टरहरूको टिम सहित बिशेष जहाजमा राखि काठमाडौंको  धुम्बाराही स्थित हमस अस्पतालमा उपचारका लागि लगिएको घाईतेका आफन्त जिन बहादुर तामाङ्गले जानकारी दिनुभयो । अहिले घाईते तामाङको  उपचार हामस अस्पतालमा भईरहेको छ भने स्वास्थ्य अवस्थामा पनि केही सुधार देखिएको जानकारी दिनुभयो ।

आईतबार बिहान पुनर्वास नगरपालिका–३, रामबस्तीमा धनगढी उपमहानगरपालिकामा रहेको क्रिस्टल बोर्डिङ स्कुलको सुपप्र ०१–००१ प. २१३३ नम्बरको बसको ठक्करबाट से.२ प. ६३०९ नम्बरको मोटरसाईकलमा सवार तामाङ गम्भीर घाइते भएका थिए । बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्चार्ज प्रहरी निरिक्षक महेश विक्रम शाहीले जानकारी दिए ।

अन्तिम अध्यावधिक: १२ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस