कञ्चनपुर : ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, एक घाइते

होमपेज / दुर्घटना / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १५ फागुन २०८१ (२ महिना अघि)
  • ६६१

कञ्चनपुर -

कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत शुक्लाफाँटा नगरपालिका-५ को वन समितिमा बिहीबार बिहान बा ०१–००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट मोटरसाइकल पछाडि सवार भीमदत्त नगरपालिका-१८ बस्ने २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको हो । उनकाअनुसार मोटरसाइकल चालक ३० वर्षीय महिमान बिष्ट पनि घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । ट्रक प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार छन् ।

अन्तिम अध्यावधिक: १५ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस