केपी ओली कप : पहिलो सेमिफाइनलमा आर्मी र संकटा भिड्दै

होमपेज / खेलकुद / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १६ फागुन २०८१ (२ महिना अघि)
  • ११३

केपी ओली कप फुटबल च्याम्पियनसिपमा सेमिफाइनलको पहिलो खेल आज हुँदैछ। आज त्रिभुवन आर्मी क्लब र संकटा एफसीबीच प्रतिस्पर्धा हुनेछ। 

केपि ओली कप फुटबल च्याम्पियनसिपको बाँकी रहेको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वर  स्थित दशरथ रंगशालामा हुने राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए। खेल साँझ ५ बजेदेखि सुरु हुने छ। भोलि हुने दोस्रो सेमिफाइनल खेलमा केपी एफसी र मछिन्द्र एफसी खेल्ने छन्। 

फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्। हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन्।

अन्तिम अध्यावधिक: १६ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस