पुनर्वास : लागूऔषधसहित दुई जना पक्राउ

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २० फागुन २०८१ (२ महिना अघि)
  • ३४२

पुनर्वास, कञ्चनपुर -

कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका-१० विकाशबस्तीको नेपाल भारत सिमानाकाबाट म २ प ८३० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १३ ग्राम ८९० मिलिग्राम लागूऔषध(खैरो हेरोइन) फेला पारी मोटरसाइकल चालक कृष्णपुर नगरपालिका-७ बस्ने २२ वर्षीय सुरज राना र मोटरसाइकल पछाडी सवार कृष्णपुर नगरपालिका-८ बस्ने २२ वर्षीय महेश राना पक्राउ परेका हुन् ।

दुवै जनालाई खैरो हेरोइनसहित र मोटरसाईकलसहित इलाका प्रहरी कार्यालय त्रिभुववनबस्ती, प्रहरी चौकी परासन, कञ्चनपुर र सशस्त्र प्रहरी बल बि.ओ.पी. दोदा पोष्टबाट संयुक्त रुपमा खटिएको गस्ति टोलीले नियन्त्रणमा लिएको छ । 

अन्तिम अध्यावधिक: २० फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस