शुक्लाफाँटा : तलब नपाएको भन्दै तालाबन्दी

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २१ फागुन २०८१ (५ दिन अघि)
  • ३१५

शुक्लाफाँटा नगरपालिका–८ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयका शिक्षकहरुले लामो समयदेखि तलब नपाएको भन्दै विद्यालय प्रशासनमा तालाबन्दी गरेका छन् । बुधबार विद्यालयमा कार्यरत शिक्षहरुले विद्यालयको प्रशासनिक भवनमा तालाबन्दी गरेका हुन् ।

नीजि स्रोतका शिक्षकहरुले तलब नपाएको भन्दै विद्यालय प्रशासनमा तालाबन्दी गरेको शिक्षक गोविन्द ढाँटले बताए । उनका अनुसार विद्यालयमा कार्यरत शिक्षक पुतली डगौरा, नन्दा साउँद, लक्ष्मी खड्का र कैलाश नायकले ४/५ महिनादेखि तलब पाएका छैनन् ।

तलब नपाएको विषयमा विद्यालय प्रशासन र नीजि स्रोतका शिक्षकहरुबीच छलफल भइरहेको प्रधानाध्यापक राजेन्द्र पाण्डेयले बताए । ‘अहिले शिक्षकहरुले तलब नपाएको विषयमा छलफल गरिरहेका छौं,’ उनले भने । 

अन्तिम अध्यावधिक: २१ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस