बेदकाेट : कर्मचारी नियुक्ति विवाद भएपछि..

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २३ फागुन २०८१ (४ दिन अघि)
  • २२३

कञ्चनपुर -

बेदकोट नगरपालिकामा कर्मचारी नियुक्ति विवादमा परेपछि प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट सरुवा भएका छन् । बेदकोट नगरपालिका नगर कार्यपालिकाले ८ जानलाई ज्यालादारी नियुक्ति गर्ने निर्णय गरेको थियो । कार्यपालिका निर्णयपछि उनीहरुलाई नियुक्ति दिएर काठमाडौं हिँडेका प्रमुख प्रशासकीय अधिकृत भट्ट कार्यालय फर्किए लगत्तै सरुवा भएका छन् ।

तीन महिना अघि बेदकोट आएका उनी काठमाडौको किर्तिपुर नगरपालिका सरुवा भएका छन् । प्रमुख प्रशासकीय अधिकृत भट्ट भीमदत्त नगरपालिका ७ का वासिन्दा हुन् । बेदकोट नगरपालिकाले एकै पटक ८ कर्मचारी नियुक्त गरेपछि उनी नगरपालिका नबस्ने मनस्थितिमा पुगेको स्रोतको दावी छ ।

एमाले बेदकोट नगर कमिटीले कर्मचारी नियुक्तिको विरोध गर्दै नगरपालिका कार्यालयसित सूचना हक सम्बन्धि ऐन अनुसार विवरण माग गरेको छ । एमाले नगर कमिटीलाई सूचना उपलब्ध गराउन नपाउँदै प्रमुख प्रशासकीय अधिकृत भट्ट सरुवा भएका छन् ।

उनी सरुवा नगरपालिका प्रमुख विहीन भएको छ । भट्ट आउन अघि शिक्षा प्रमुख पदमराज भट्ट प्रमुख प्रशासकीय अधिकृत थिए । एमाले नगर कमिटीले विधि र प्रक्रिया बिना नै मनपरी तरीकाले नगरपालिकाको आर्थिक भार बढ्ने गरी पार्टी कार्यकर्ताको भर्नामा पार्टीलाई स्वीकार्य नभएको भन्दै नगर कमिटीले नगरपालिकालाई उक्त विषयमा वास्तविक सूचना माग गरेको थियो । नेकपा (एमाले) बेदकोट नगर कमिटी अध्यक्ष हरी गिरीले नगरपालिकाले प्रक्रिया बिनै मनपरि ढंगले कर्मचारी नियुक्त गरेको भन्दै गत शुक्रबार त्यसको सूचना माग गरिएको बताए ।

कमिटीले माग गरेको सूचनामा ’वेदकोट नगरपालीकामा यस्तो मनपरीतन्त्र के आधारमा चलिरहेको हो ? कार्यालय प्रमुखले धमाधम कुनै पार्टीका कार्यकर्तालाई नियुक्ति दिइरहेको सन्दर्भमा हाम्रो के वहा राणा सासन कालको बडा हाकिम हो ? हुकुमी तन्त्र चलाउन खोजेको हो ? कर्मचारी आवश्यकता सम्बन्धि नगर परीषदको निर्णय छ कि छैन ? आवश्यक कर्मचारी भर्नाका लागि सावर्जानीक सुचना आह्वान गरीएको छ कि छैन ? कर्मचारी भर्ना सम्बन्धि नियमावली र प्रकृया के हो ? २०७९ देखि हालसम्म कति र कुन कुन पदमा कुन विधि र प्रकृयाद्वारा कर्मचारी भर्ना गरीएको छ ? यथार्थ जानकारीको लागि माग गर्दछौं । सत्यतथ्य र यथार्थमा आधारीत सुचनाको अपेक्षा गरेका छौं । झुट्टा, टालटुले र कपोकल्पित सुचना दिएमा र यथार्थतालाई बङ्ग्याउन खोजेमा नगरपालीकाले गम्भीर मूल्य चुकाउनु पर्नेछ भन्ने चेतावनी समेत यसै मागपत्र मार्फत जानकारी गराउन चाहान्छौ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अन्तिम अध्यावधिक: २३ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस