प्रधानमन्त्री ओली भोली सुदूरपश्चिम आउँदै

होमपेज / मुख्य समाचार / राजनीति / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २४ फागुन २०८१ (२ महिना अघि)
  • ३९०

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (भोली) सुदूरपश्चिम आउने भएका छन् । सो क्रममा उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । आइतवार दिउँसो १ बजे सभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि प्रदेशसभाको पहिलो कार्यकालमा पनि नेकपाको सरकार भएको बेला प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गरेका थिभोली

ओली आइतबार नै सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुने कार्यक्रम छ । विश्वविद्यालयबाट एक हजार तीन सय ७७ जना दिक्षित भइरहेका छन् । ओलीले आइतबार नै धनगढी उपमहानगरपालिकामा निर्माण सम्पन्न भएको सिटी हलको उद्धाटन गर्ने कार्यक्रम पनि तय भएको छ ।

अन्तिम अध्यावधिक: २४ फागुन २०८१
Loading...
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस