रवि लामिछाने पुगे उच्च अदालत

होमपेज / मुख्य समाचार / राजनीति / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २६ फागुन २०८१ (१५ घण्टा अघि)
  • १०१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निवेदन दर्ता गराएका छन् । लामिछानेले आफूविरुद्धको रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका हुन्।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिएर लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएको थियो। सो आदेशविरुद्ध लामिछानेले फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम सोमबार उच्च अदालतमा निवेदन दिएका हुन् । 

‘फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ’, लामिछानेले दर्ता गरेको निवेदनमा भनिएको छ । 

 

अन्तिम अध्यावधिक: २६ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस