बैतडी : बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

होमपेज / अपराध / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २६ फागुन २०८१ (१४ घण्टा अघि)
  • ८९

बैतडी -

बैतडीमा बालिकामाथि बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् ।  जिल्लाको शिवनाथ गाउँपालिकाकी १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय पुरुष  पक्राउ हुन् । 

गत पुसमा बालिकामाथि बलात्कार गरेको जाहेरीको आधारमा ती पुरुषलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले बताए । पक्राउ परेकामाथि अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान सुरु भइसकेको बडूले बताए । 

यस्तै मेलौली नगरपालिकामा पनि  १६ बर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय पुरुषलाई पनि पक्राउ गरिएको छ । ती पुरुषले बालिकामाथि २०८० असार र कात्तिकमा जबरजस्ती करणी गरेको जाहेरी परेपछि उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका ती पुरुषलाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । अदालतबाट म्याद थपका लागि जिल्ला ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक बडूले बताए ।

अन्तिम अध्यावधिक: २६ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस