परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा सोमबार भारत प्रस्थान गरेकी छन् ।
मन्त्री डा. राणा भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा पूजाआजाका लागि पुग्ने कार्यक्रम छ ।
मन्त्री डा. राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । त्यसपछि मन्त्री डा. राणा भारतको विदेश मन्त्रालयद्वारा यही मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुने छ ।
भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा। राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेश मन्त्रीहरूको सहभागिता रहनेछ । सो कार्यक्रमलाई मन्त्री डा। राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
साथै यही भ्रमणकै क्रममा मन्त्री डा। राणाले आफ्नो स्वास्थ्य जाँचको फलो अप पनि गराउने कार्यक्रम रहेको छ ।