मलाई पुर्न खनेको खाल्डोमा यिनीहरू नै जाकिन्छन् : लामिछाने

होमपेज / राजनीति / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २६ फागुन २०८१ (१३ घण्टा अघि)
  • १०९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई पुर्न सरकारले खनेको खाल्डोमा उनीहरु नै जाकिने बताएका छ्न् । सोमबार उच्च अदालत बुटवल इजलाशबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासामा लामिछानेले यस्तो बताएका हुन्।

‘मलाई पुर्न भनेर सरकारले जत्रो खाल्डो खन्यो । मलाई मात्र पुर्न सानो खाल्डो खनेको भए त ठिकै हुन्थ्यो तर यति ठूलो खाल्डो खनियो कि यी सबै त्यो खाल्डोमा जाकिन्छन्’, लामिछानेले भने । 

त्यस्तै सञ्चारकर्मीको तपाईँ त हराउनुभयो नि ? भन्ने प्रश्नको जवाफ दिँदै लामिछानेले आफू नहराएको बताए । जनताले सरकारका गतिविधि हेरिरहेको बताउँदै उनलेे सरकारले बालेन र हर्कमाथि पनि अन्याय गरिरहेको जिकिर गरे ।,

‘जनताले राम्रोसँग हेरिरहेका छन्, जिल्लै पिछे मुद्दा लगाएर हातमा तारिक पर्चा थमाइदिएर पठाएको, जनतालाई थाहा छ, प्रशासकीय अधिकृत नपठाएको, जनतालाई थाहा छ, खाली गाग्री पठाएको जनतालाई थाहा छ, आफ्ना मान्छेलाई मुद्दामा छानीछानी जोगाएको र अर्काका मान्छेलाई छानिछानि मुद्दा लगाएको सबै थाहा छ,’ लामिछानेले भने समय आउँछ ।

अन्तिम अध्यावधिक: २६ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस