पुनर्वास : टेलर गाडीको ठक्करबाट पैदल यात्रीको मृ*त्यु

होमपेज / दुर्घटना /
  • रेडियो सुदूर सञ्चार
  • २७ फागुन २०८१ (१९ घण्टा अघि)
  • ३१५

पुनर्वास, कञ्चनपुर -

कञ्चनपुरमा टेलर गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

जिल्लाको पुनर्वास नगरपालिका-९ “ख” गाँउ खाती चोकमा पुनर्वासबाट धनगढी तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ क ५९२ नम्बरको टेलर गाडीले आइतवार ठक्कर दिँदा बैतडीको शिबनाथ गाउपालिका–५ सरमाईली घर भई हाल पुनर्वास नगरपालिका–९ “ख” गाँउ दाजुको घरमा बस्दै आएको ४० वर्षीय सुन्दर सिंह साउदको घट्नास्थलमै मृत्यु भएको छ ।

टेलर गाडी र टेलर गाडी चालक भीमदत्त नगरपालिका-११ भुजेला बस्ने ३८ वर्षीय पिताम्बर कलौनीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

अन्तिम अध्यावधिक: २७ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस