थापा र लिङ्देनले धमिलो पानीमा माछा मार्न खाेजे : दुर्गा प्रसाईं

होमपेज / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • २७ फागुन २०८१ (१ महिना अघि)
  • १६२

व्यवसायी दुर्गा प्रसाईंले कमल थापा र राजेन्द्र लिङ्देनले फ्रड काम गरेकाले मुलुकबाट राजसंस्था हटेको आरोप लगाएका छन् । 

मंगलबार आफ्नै निवास भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले २०७२ मा कमल थापा र राजेन्द्र लिङ्देनले हस्तक्षर गरेकै कारण मुलुकबाट राजसंस्था हटेको आरोप लगाएका हुन् ।

राजसंस्थालाई तिलाञ्जली दिएका थापा र लिङ्देनले अहिले धमिलो पानीमा माछा मार्न खोजेको उनले बताए । 

Citizen Life Insurance

प्रसाईंले आफ्नै कारणले अहिले पूर्वराजाको पक्षमा माहोल बनेको दावी गरे ।, आफू थापा र लिङ्देनको गोठाला नभएको भन्दै उनले आन्दोलन गर्न परे पूर्वराजासँग मात्र मिलेर अघि बढ्ने बताए ।

उनले अहिलेका लडाइमा सारथि भएर रथ चलाउन पूर्वराजालाई सुझाव दिदै आफु अर्जुनको भूमिकामा बाण चलाउने प्रस्ताव गरे । 

अन्तिम अध्यावधिक: २७ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस