बैतडी -
बैतडीको पाटन नगरपालिकाले भोलि शोक बिदा दिएको छ ।
पाटन नगरपालिका-३ स्थित गुजर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी माया केसीको निधन भएकाले आइतवार शोक बिदा दिइएको हो । नगरपालिकाले सूचना जारी गर्दै आइतवार शोक विदा दिएको बताएको छ ।
केसीको फागुन २८ गते असामयिक निधन भएको थियो । केसीको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको नगरपालिकाले जनाएको छ । भोलि नगरपालिका मातहतका सबै कार्यालयहरूमा शोक बिदा रहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितकुमार पाण्डेयले बताए ।