कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ

होमपेज / अपराध / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ३ चैत २०८१ (१ महिना अघि)
  • ३६३

कञ्चनपुर -

कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ बाट लागूऔषधसहित २१ वर्षीय प्रभाष शाही पक्राउ परेका हुन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई तीन ग्राम ६७० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको हो ।

जिल्लाको वेदकोट नगरपालिका–७ का शाही शनिवार दिउँसो पक्राउ परेका प्रहरीले बताएको छ ।

अन्तिम अध्यावधिक: ३ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस