कञ्चनपुर -
कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक र युवती पक्राउ परेका छन् ।
लागूऔषध कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा भीमदत्त नगरपालिका-३ भासी जनज्योती टोलकी २७ वर्षीया युवती निलम अवस्थीको घरमा खानतलासी गर्दा शुन्य दशमलव ४९ ग्राम खैरो हेरोइन फेला पारी उलाई पक्राउ गरएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
अवस्थी सँगै रहेका भीमदत्त नगरपालिका-१५ बस्ने २८ वर्षीय अरुण चन्दलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।