बेलौरी, कञ्चनपुर -
बेलौरीको खुलामञ्चमा जारी दुईदिने होरी मिलन कार्यक्रम मंगलबार भव्यताका साथ सम्पन्न भएको छ । रानाथारु भलमन्सा तथा पद्यना समिति बेलौरीको आयोजनामा सञ्चालित कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।
संयोजक सुरेश बडायक अनुसार पूर्वमन्त्री बीना मगरबाट उद्धाटन गरिएको दुईदिने होरी मिलन तथा खख्डेहरा कार्यक्रमको समापन पूर्वमन्त्री एनपी साउदले गरेका हुन् ।
कार्यक्रममा कैलाली कञ्चनपुरका भूमीपुत्र रानाथारु समुदायको कला र संस्कृति झल्कीने पहिरनमा होरी नाँच प्रदर्शन गरिएको वडायकले बताए ।
उनले कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
भने यता राना थारु अगुवा मनोहर रानाले रानाथारू समुदायमा होरीपर्व ३८ दिनसम्म मनाइने बताए । कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको यो समुदायको सबभन्दा ठूलो पर्व होरी हो उनले भने,।
यस समुदयामा माघको पूर्णिमाका दिन होरी राखिन्छ र त्यसै दिनदेखि पर्व सुरू हुन्छ। माघको पूर्णिमादेखि फागु पूर्णिमासम्म गरी एक महिना जिन्दा (जिउँदा) होरीे खेलिन्छ। त्यो रातमा मात्र खेलिन्छ।
यस अवधिमा गीतहरूमा नाँचगान हुन्छ। नयाँ गीत बनाउने गरिन्छ। दिनभरि काम गरे पनि साँझ सबै जना जम्मा भई रमाइलो गर्ने गरिन्छ। बुढापाकाले गीत गाउने, नयाँ पुस्ताले सिक्ने गर्छन् । यसबेला आफ्ना- आफ्ना गाउँमा पर्व मनाउने अभ्यास पनि हुन्छ।
फागुनको पूर्णिमाका दिन गाउँभन्दा बाहिर दक्षिणपट्टि राखेको होरीमा आगो लगाउने गरिन्छ। होरीमा आगो लगाएको अर्को दिनलाई टीका भनिन्छ। टीकाका दिन गाउँभरिका मानिसले होरी जलेर भएको खरानीको टीका लगाउँछन्।
राना थारू समुदायका जानकार राम प्रकाश वडायकले यसरी टीका लगाउँदा सुस्वास्थ्य हुने, रोग नलाग्ने तथा दीर्घायु हुने जनविश्वास रहेको बताए।
टीकाको दिनदेखि ८ दिनसम्म मरी होरी (मरेको होरी) खेल्छन्। मरी होरी रातमा र दिनमा पनि खेल्न पाइन्छ।
यो आठ दिनमा भलमन्सा, वडाअध्यक्ष लगायतका घरमा होरी नाच्ने, खेल्ने गर्छन्। टोलीले जहाँ खेले त्यही घरबेटीले खाना खुवाउने गर्छन्।
राना थारू समुदायका फकिर चन्द रानाले होरीमा फागु माग्ने, आफ्नो गरगहाना लगाएर, पहिरनमा होरी नाच्ने चलन रहेको बताए।
टीकाको आठौं दिन नै खख्डेहरा हो। खख्डेहरा भनेको होरीको बिदाइको दिनका रूपमा पनि लिइन्छ। खख्डेहराका दिन बिहानै उठेर गाउँभरि हरेक घरबाट एक/एक जना मान्छे खख्डेहरा फुटाउन जाने गर्दछन्।
खख्डेहरा फुटाउन जाँदा गाग्रो, लोटा, खपटेलका टुक्रा, माटोको मट्याङग्रा, सतनजा (सातअन्न), शुद्ध पानी, कन्डी (सुकेको गोबर) आदि चाहिन्छ।
घर-घरबाट एका बिहानै खप्टोमा (माटोको भाँडोमा) सुइरो गाँसिएका मट्याँग्रा बोक्दै आबओ रिउ रोगधोग, भूत ब्यार भन्दै घर-घरबाट खख्डेहरा लगेर जाने चलन छ। खख्डेहरा गाउँभन्दा बाहिर गाउँलेले ल्याएको सामग्री एक जुट पारी गाउँको प्रधान वा चाकर (गाउँको चौकीदार)ले फुटाउने चलन छ।
खख्डेहरा फुटाइ सकेपछि घर आइन्छ र आउने बेलामा खख्डेहरालाई फर्केर नहेर्ने चलन छ।फर्केर हेर्दा दानव (राक्षस) देखिन्छ भनेर रानाथारू पूर्खाको भनाइ छ।
खख्डेहरा फुटाएर आउनेहरू फेरि होलीमा जलाइएको धुलो (खरानी) लिएर गाउँका भलमन्सा, पधना, अगुवा लगायत सबैको घर घरमा पुगी सबैलाई सो खरानीको टीका लगाई आशीर्वाद दिँदै खुसीयाली मनाउने गर्छन् र गाउँका प्रतिष्ठित व्यक्तिबाट दक्षिणा पनि उठाउने गर्छन् साथै सो दिन गाउँभरिका मान्छेले आफ्नो खेतीपाती, गोरु गाडा समेत बन्द गर्नुपर्ने चलन छ, कसैले अटेर गरी गोरु गाडा चलाएमा दण्ड (जरिवाना) गर्ने चलन रहिआएको छ।
सदियौंदेखि तराईका जंगलको छेउछाउ गाउँमा बस्दै आइरहेका रानाथारू भूत पिचास, दरिद्र, महामारीजस्ता निकै ठूला विपत्तिसँग जुद्धै आइरहँदा होरी नाचमा सबै महिनौं रमाउँदा काममा बाधा का साथै थुप्रै सामाजिक समस्या, रोग दरिद्र, भूत पिचास, स्वास्थ्य लगायत सबै क्षेत्रमा समस्या निस्तेज गर्न सामूहिक रूपमा खख्डेहरा फुटाउने चलन छ। खख्डे