लोडसेडिङ कहिल्यै हटेको थिएन, कुलमान उज्यालोका नायक होइनन् : ऊर्जामन्त्री

होमपेज / -विद्युत / विविध /
  • रेडियो सुदूर सञ्चार
  • ६ चैत २०८१ (४ हप्ता अघि)
  • २२५

ऊर्जा तथा जलस्रोतमन्त्री दीपक खड्काले अहिले साँझको समयमा लोडसेडिङ हुने अवस्था रहेको बताएका छन् । राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको दाबी गरे । मन्त्री खड्काले सरकारको शत प्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट र २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादनगरिरहेको बताए ।

उनले भने, ‘अहिले हामीलाई बत्ती पुगेको छैन । लोडसेडिङ छ । हिजो पनि लोडसेडिङ थियो, आज पनि छ । हिजो हामीले लोडसेडिङ छैन भनेर घोषणा गर्दा पनि थियो । खाली उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ । हामीसँग पुग नपुग १ हजार मेगावाट विद्युत छ । अहिले साँझमा घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’

मन्त्री खड्काले निजी क्षेत्र र भारतबाट विद्युत आयात गरेकाले लोडसेडिङ हटे जस्तो अनुभूति भएको बताए । उनले भने, ‘उज्यालोको नायक भनेको उहाँ ९कुलमान० होइन । बरु यो धन्यवाद भारतलाई दिउँ, निजी क्षेत्रलाई दिउँ । जसले हाम्रो आवश्यकता पूर्ति गरेको छ । त्यता धन्यवाद दिउँ न भनेर निवेदन गर्न चाहेको हो । यो यथार्थ हो ।’

अन्तिम अध्यावधिक: ६ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस