२१ वर्षीया युवती ब*लात्कृ*त, १ जना प*क्राउ

होमपेज / अपराध / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ६ चैत २०८१ (४ हप्ता अघि)
  • ३९०

कैलाली -

कैलालीको धनगढीमा एक युवतीमाथि करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित बी गाउँका २४ वर्षीय राजेश बिष्टलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार सोही ठाउँकी २१ वर्षीया युवतीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

‘उजुरीपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ नै बिष्टलाई पक्राउ गरेका थियौं,’ डीएसपी बोहराले भने, ‘अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको छ ।’

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस