एक हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

होमपेज / अर्थ /
  • रेडियो सुदूर सञ्चार
  • ८ चैत २०८१ (४ हप्ता अघि)
  • ४४८

आज सुनको भाउ उच्च मूल्यबाट तोलामा एक हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति तोलामा एक लाख ७६ हजार रुपैयाँ पुगेर कीर्तिमान बनाएको सुनको भाउ हिजो भने स्थिर रहेको थियो । यस हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलाको एक लाख ७४ हजार एक सय रुपैयाँ रहेको थियो । सुनको भाउ हप्ताको पहिलो दिन र अन्तिम दिनको तुलना गर्दा नौ सय रुपैयाँले बढी हो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँले घटेर एक हजार नौ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३० रुपैयाँ कायम भएको थियो । 

अन्तिम अध्यावधिक: ८ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस