कञ्चनपुर -
कञ्चनपुरमा चितुवाको आक्रमणबाट दुइजना घाइते भएका छन् । जिल्लाको दोधरा-चाँदनी नगरपालिका-३ शिबनगर टोलमा खेतमा देखिएको चितुवालाइ भगाउने क्रममा बिहिवार दुईजना घाइते भएका हुन् ।
घाइते हुनेमा दोधारा-चाँदनी नगरपालिका-३ का २७ वर्षीय राजु सुनार र २३ वर्षीय अर्जुन बुढा रहेका प्रहरीले जनाएको छ ।
घाइते दुबै जनालाई दोधरा-चाँदनी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी महाकाली प्रादेशिक अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ ।