९ सयले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

होमपेज / अर्थ /
  • रेडियो सुदूर सञ्चार
  • १० चैत २०८१ (४ हप्ता अघि)
  • ३७६

स्थानीय बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।

महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला  एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।  यसैगरी, चाँदी प्रतितोला एक हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

अन्तिम अध्यावधिक: १० चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस