विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त

होमपेज / -विद्युत / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ११ चैत २०८१ (४ हप्ता अघि)
  • २४७

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

पछिल्लो समय बढ्दै गएको सरकार र कुलमानको टकरावका कारण कुलमानलाई कुनै हालतमा हटाइछाड्ने पक्षमा सरकार देखिएको थियो । तर सरकारले चर्को जनदवावका केही समय निर्णय लिनबाट पछि हटेको थियो । तर सोमबार बसेको मन्पिरिषद्को बैठकले उर्जामन्त्री दीपक खड्काको प्रस्तावमा कुलमानलाई पदबाट हटाउने निर्णय गरेको छ । 

२०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकब्ँट प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालकालागि नियुक्त भएका उनको कार्यकाल साउन २४ गते सकिँदै थियो। 

अन्तिम अध्यावधिक: ११ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस