कलङ्कीमा दुई समूहबीच झडप : एक जनाको मृ*त्यु, ३ घा*इते

होमपेज / घटना / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १२ चैत २०८१ (४ हप्ता अघि)
  • १६२३

काठमाण्डौको कलङ्कीमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । गएराति काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलङ्कीमा रहेको एलआरआई स्कूल नजिकै दुई समूहबीच झडप हुँदा ढुङ्गेअड्डा बस्ने २२ वर्षीय अभय गोलेको उपचारको क्रममा मृत्यु भएको काठमाण्डौ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुई समूहबीच होलीमा भएको विवादलाई लिएर हिजो झडप भएको हो । घटनामा अरू तीन जना घाइते भएका छन् ।  कुटपिट गर्ने एकजना पक्राउ परेका र अरू दुई जना फरार रहेका प्रहरीले जनाएको छ । 

अन्तिम अध्यावधिक: १२ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस