मलद्वार बाट ब्राउन सुगर बरामद

होमपेज / समाचार / समाज /
दिशा गर्न लगाएर १.२३ ग्राम ब्राउन सुगर बरामद
  • रेडियो सुदूर सञ्चार
  • १२ चैत २०८१ (३ हप्ता अघि)
  • २९१

बेलाैरी, कञ्चनपुर -

सीमावर्ती क्षेत्र कैलाली र कञ्चनपुरमा लागू औषधको बिगबिगी बढिरहेका बेला कञ्चनपुर प्रहरीले मलद्धारबाट ब्राउन सुगर बरामद गरेको छ ।

लागू औषध नियन्त्रण ब्यूरोको टोलीले ११ चैत्र भीमदत्त नगरपालिका १६ मझगाँउमा पक्राउ परेका बेदकोट ५ घुर्सुवाका २७ बर्षिया महेश डगौराको मलद्धाराबाट ब्राउन सुगर बरामद गरेको जनाएको छ ।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरका प्रह पदम विष्टले डगैराले मुखभित्र च्यापेर ल्याएको ब्राउन सुगर आफूले पक्राउ गरेपछि निलिदिएको बताए ।

‘महेश डगौराले मुखभित्र च्यापेर ल्याएको ब्राउन सुगर खाएपछि हामीले चिकित्सकको सल्लाह अनुरुप ति व्यक्तिलाई दिशा गर्न लगाएर मलद्धारबाट १.२३ ग्राम ब्राउन सुगर बरामद गरेका छौँ, ‘उनले भने, ‘मानिसहरु यसरी लागू औषध ओसार-पसार गर्दछन् । यसको नियन्त्रण गर्नु निकै चुनौती छ ।’ डगौरा सहित दुई दिनको अवधिमा लागू औषध नियन्त्रण ब्यूरोले कैलाली कञ्चनपुरका विभिन्न स्थानबाट लागू औषधका तस्कर नियन्त्रणमा लिएको छ ।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरले दुवै जिल्लाबाट लागू औषध सहित मानिस पक्राउ गरिरहेको छ ।

लागू औषध नियन्त्रण ब्यूरोका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक केशवराज जोशीको कमाण्डमा दुवै जिल्लाबाट मानिस र लागू औषध नियन्त्रणमा लिएको जनाएको छ ।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरका प्रह पदम विष्टका अनुसार बेदकोट ७ का २१ बर्षिया प्रभास शाहीले मुखमा लुकाई राखेको ३.६७ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । 

यस्तै, भीनपा ३ की २७ बर्षिया निलम अवस्थी, र २८ बर्षिया अरुण चन्दको साथबाट ४ सय ९० ग्राम ब्राउन सुगर, बेदकोट ८ का २३ बर्षिया अभिषेक डगौरा र ७ कै २४ बर्षिया शुनिल डगौराको साथबाट ३ सय ३० मिलिग्राम ब्राउन सुगर, बेदकोट ७ आमथलाका २० बर्षिया दिनेश बमको साथबाट १ः२६ ग्राम ब्राउन सुगर, बेदकोट ८ कै दिपक कार्कीको साथबाट २.९५ ग्राम ब्राउन सुगर, लागू औषध बरामद गरेको छ ।

भने, कैलालीको गोदाबरी नगपालिका ६ का २५ वर्षिया रबिन चन्द, घोडाघोडी नपा ६का २४ वर्षिया मिथुन सोपको साथबाट ८ सय ४० मिनिग्राम ब्राउन सुगर बरामद गरेको हाे।

बरामद गरेका सबैलाई कैलाली, कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । लागू औषधमा पक्राउ परेका किशोर, युवा समुहले कहाँबाट ब्राउन सुगर ल्याएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ  । 

 

अन्तिम अध्यावधिक: १२ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस