आईपीएल क्रिकेट : आज राजस्थान र कोलकाता खेल्दै

होमपेज / खेलकुद /
  • रेडियो सुदूर सञ्चार
  • १३ चैत २०८१ (३ हप्ता अघि)
  • १८१

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स (केकेआर) खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे गुवाहाटीमा शुरु हुनेछ ।

कोलकाता उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीवी) सँग पराजित हुँदा राजस्थान पनि आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादसँग हारेको थियो ।

१८ औँ संस्करणको आईपीएल क्रिकेटमा हिजो भएको खेलमा गुजरात टाइटन्सलाई ११ रनले पराजित गर्दै पञ्जाब किङ्ग्सले विजयी शुरुआत गरेको छ ।  आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।

अन्तिम अध्यावधिक: १३ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस