कञ्चनपुर : जीप र माेटरसाइकल आपसमा ठाेक्किँदा एकजना घा*इ*ते

होमपेज / दुर्घटना / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १४ चैत २०८१ (३ हप्ता अघि)
  • ६९९

कञ्चनपुर -

कञ्चनपुरमा जीप र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् ।

बेदकोट नगरपालिका-७ मा म१प १९४० नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०२००१ च ९६२ नम्बरको जीप एकआपसमा ठोक्किँदा बेदकोट नगरपालिका-४ का ४० वर्षीय रतन लुहार घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीले बताए ।

उनका अनुसार लुहारको टाउको र खुट्टामा चोट लागेको छ । उनलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएको छ भने जीप चालक राकेश भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्तिम अध्यावधिक: १४ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस