तीनकुनेमा राजावादीले जलाएको घरमा मृ*त भेटिए एभिन्युजका पत्रकार

होमपेज / घटना / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १५ चैत २०८१ (३ हप्ता अघि)
  • ४३६

राजावादी आन्दोलनकारीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित नीजि घरमा जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको छ । उक्त घरमा बसेर प्रहरीले अश्रु ग्यास प्रहार गरेको भन्दै राजावादी आन्दोलकारीले भवनमा आगजनी गरेका थिए । 

उनी एभिन्यूज टेलिभिजनका क्यामेरा म्यानका रुपमा कार्यरत रहेको खुलेको छ । उनीसँग आन्दोलनमा रिपोर्टिङमा पुगेका एभिन्यूज टेलिभिजनका पत्रकार पारस श्रेष्ठले रजक आगोमा फसेको जानकारी प्रहरीलाई गराउँदा पनि उद्धार नगरेको बताए । 

आन्दाेलनकारीबाट बच्न भित्र पसेका उनकाे भवनको तेस्रो तलामा नचिनिने अवस्थामा शव फेला परेको पत्रकार श्रेष्ठले बताए । 

अन्तिम अध्यावधिक: १५ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस