कञ्चनपुर : बेलाैरीमा बाघ, स्थानीय त्रसित

होमपेज / समाचार /

|तस्बिर - वीरेन्द्र शाही "बिरु"

  • निरु चौधरी
  • १६ चैत २०८१ (३ हप्ता अघि)
  • १५०५

बेलाैरी, कञ्चनपुर -

कञ्चनपुरको बेलाैरी नगरपालिका २ टेडुवा गाउँमा बाघ देखिएको छ । शनिबार बिहान गाउँकाे खेतबारीमा बाघ देखिएको स्थानीय प्रत्यक्षदर्शी वीरेन्द्र शाही (बिरु)ले बताए ।

उनले भने, हिजो राति नै गाउँमा बाघ पसेकाे रहेछ, बाघले स्थानीय हरि प्रसाद चाैधरीकाे गाेठबाट बाच्छाे लिएर नजिकैको गहुँबारीमा सुतिरहेको छ ।

एका बिहानैदेखि निरन्तर ड्राेन मार्फत भिडियो कैद गरिरहेका शाहीले अहिले पनि बाघ खेतबारी मै रहेको जनाए । बाघ गाउँ पसेपछि स्थानीय त्रसित बनेका छन् । उनीहरूले सराेकारवाला निकायलाई तत्काल बाघ नियन्त्रणमा लिन आग्रह गरेका छन् । 

उक्तबाघ भारती सीमावर्ती क्षेत्रबाट गाउँ पसेको हुनसक्ने अनुमान गरिएको छ ।

अन्तिम अध्यावधिक: १६ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस