बेलौरी, कञ्चनपुर -
कञ्चनपुरको बेलाैरी नगरपालिका २ टेडुवा गाउँमा देखिएको पाटेबाघ नियन्त्रणमा आएको छ ।
आइतबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खटिएको उद्धार टाेलीले टेडुवा गाउँ नजिकैको नालाबाट बाघ नियन्त्रणमा लिएको हो ।
बाघले शुक्रबार साँझ स्थानीय हरि प्रसाद चाैधरीकाे गाेठबाट बाच्छाेलाई आक्रमण गरी नजिकैको गहुँबारीमा मस्त सुतिरहेको थियो ।
उक्त बाघलाई ड्राेन मार्फत निरन्तर पन्छ्याइ रहेका स्थानीय वीरेन्द्र शाही बिरु सहित सुरक्षाकर्मीकाे टाेलीले खोजीकार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे थियाे ।
ड्राेन क्यामेरामा बाघ कटैनी नालामा देखिएपछि उद्धार टोली र वन कार्यालयको टोलीले पहरा दिदैं शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट मगाइएको हात्ती सहितको उद्धार टाेलीले आइतबार दिउँसो डाट गरी नियन्त्रणमा लिएको कुण्डासव डिभिजन बन कार्यालयका प्रमुख दिनेश कुमार यादवले बताए ।
रेडियो सुदूर सञ्चार संगकाे कुराकानीमा यादवले भने - नियन्त्रणमा लिएको बाघलाई अहिले डिभिजन कार्यालय कञ्चनपुर पठाइकाे छ यद्यपि बाघको स्वास्थ्य अवस्था हेरेर कहाँ राख्ने भन्ने विषयमा पछि छलफल हुन्छ ।