बाजुरा -
बाजुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका-३ धुरतोला बस्ने दिल्लीबहादुर रावतको छोरा ८ वर्षीय बिजय रावतको मृत्यु भएको हो ।
बालकलाई सोही ठाउँको सेली घरदेखि अन्दाजी २ किलोमिटर टाढा रहेको छानो (गोठ) को आगनमा रहेको पानीधारामा बाघले आक्रमण गरी छानोदेखि अन्दाजी १५० मिटर टाढा बालकलाई छोडी बाघ भागेको र बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।