पेट्रोलियम पदार्थको मूल्य घट्यो

होमपेज / अर्थ /
  • रेडियो सुदूर सञ्चार
  • १८ चैत २०८१ (३ हप्ता अघि)
  • ४११

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले सोमबार मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । 

डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले घटेको निगमले जनाएको छ । नयाँ मूल्य सूची अनुसार तेस्रो वर्ग अन्तर्गत काठमाडौंमा डिजेल र मट्टितेल प्रतिलिटर १४९ र हवाइ इन्धन आन्तरिकतर्फ १२५ रुपैयाँ रहेको छ ।

हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।

अन्तिम अध्यावधिक: १८ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस