बेलाैरी : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आयाेजनामा नागरिक सुनुवाई सम्पन्न

होमपेज / विविध / समाचार / समाज /
प्रहरी निरीक्षक चन्दकाे खुलेरै प्रशंसा
  • दिनेश चौधरी
  • २० चैत २०८१ (४ हप्ता अघि)
  • ३७६

बेलौरी, कञ्चनपुर –

बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

शान्ति सुरक्षा सुदृढ गर्दै नागरिकको विश्वास जित्ने उद्देश्यका साथ बेलौरीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।

बेलौरी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा स्थानीयले शान्ति सुरक्षा सम्बन्धी चासो, गुनासो राख्दै आफ्ना सुझावहरु व्यक्त गरेका थिए ।

नागरिकको चासो गुनासोमा कञ्चनपुर प्रहरी प्रमुख एसपी चक्रराज जोशीले आफ्नो धारणा राख्दै भने,

समुदाय र प्रहरीबीचको सहकार्य अपरिहार्य छ। अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन तथा शान्ति सुरक्षा र लागूऔषध नियन्त्रणमा प्रहरीले निरन्तर काम गरिरहेको छ, जसमा जनताको सक्रिय सहभागिता आवश्यक छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भास्कर चन्दले अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका सवालमा स्थानीय समुदायको सहयोग महत्वपूर्ण रहेको  बताए।

कार्यक्रममा बेलौरी प्रहरीको कार्य सम्पादन एवम्  प्रगति विवरण प्रस्तुत गर्दै उनले भने, “जनताको सुझावलाई प्राथमिकता दिँदै बेलौरीको सुरक्षा व्यवस्थालाई अझै प्रभावकारी बनाइने छ।

नागरिक सुनुवाई कार्यक्रममा बोल्ने अधिकांश वक्ताले बेलौरी प्रहरी निरीक्षक चन्दको कार्यलाई खुलेरै प्रशंसा गरेका छन् । बेलौरी नगरको शान्ति सुरक्षा र अपराध अनुसन्धानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सहभागीहरूले चन्दको प्रशंसा गरेका हुन् ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी प्रहरी, पत्रकार एवम् सरोकारवालाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहभागीहरूले प्रहरी सेवाको प्रभावकारिता, अपराध नियन्त्रण रणनीति तथा सुरक्षाका विविध पक्षबारे आफ्ना धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा उठेका सुझावहरूलाई गम्भीर रूपमा लिँदै नागरिक सँगको समन्वय अझ प्रभावकारी बनाईने र स्थानीय स्तरमा शान्ति सुरक्षा सुनिश्चित गर्न यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने आयोजकले जनाएको छ ।

अन्तिम अध्यावधिक: २१ चैत २०८१
Loading...
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस