राप्रपा नेता मिश्र र राणालाई थप ६ दिन हिरासतमा राख्न अनुमति

होमपेज / समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २१ चैत २०८१ (२ हप्ता अघि)
  • ३८१

काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर जबरालाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ। मिश्र र राणा सहित ४१ जनालाई आपराधिक उपद्रव र संगठित अपराधको मुद्दामा थप ६ दिन थुनामा राख्न अनुमति दिएको छ म

न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई बुधवार थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन् ।

गत चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको आन्दोलन भड्काएको, तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उक्त घटनाका मुख्य योजनाकार दुर्गा प्रसाई भने फरार छन् । 

अन्तिम अध्यावधिक: २१ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस