हात्तीको आ*क्र*म*णमा परी एक जनाको मृ*त्यु

होमपेज / घटना / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २१ चैत २०८१ (२ हप्ता अघि)
  • ४१४

बाँके राष्ट्रिय निकुञ्जको खडकबारस्थित हात्तीसारमा कार्यरत एक जना फडितको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।  बुधबार राति हातीलाई घाँस हाल्न जाँदा हात्तीले आक्रमण गरेको थियो ।

बर्दियाको ठाकुरबाबा गाउँपालिका-९ बानुगाउँ घर भएका ४५ वर्षीय आशाराम थारुको हात्तीको आक्रमणमा परि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिए ।

बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार थारुलाई आक्रमण गर्ने हात्तीले यसअघि पनि धेरैलाई आक्रमण गरेको थियो । १८ वर्षीय उक्त भाले हात्तीलाई २०७३ सालमा बर्दियाबाट ल्याउँदा मृतक आशाराम पनि सँगै आएका थिए ।

अन्तिम अध्यावधिक: २१ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस